एनएमबि बैंकले पायो लैङ्गिक समावेशी कार्य स्थलको अवार्ड प्राप्त
काठमाडौं । एनएमबि बैंकलाई २०२४ को यूएन वुमन एशिया–प्यासिफिक वेप्स अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो । यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसिप एनएमबि नेक्टजेन बैंकिङ लिडर्स स्कलरसिप महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा वेप्स अन्तर्गतको यूएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो । यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहान मिलेको विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
Shares