थ्रीस्टार हाइड्रोपावरको साधारणसभा आज, हकप्रद निष्काशनको प्रस्ताव पारित हुने

प्रकाशित:
२३ वैशाख २०८१

थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज वैशाख २३ गते, आईतबार, जर्मन होम्स, गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि शुरु हुँदैछ।
सभाले हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। तर कम्पनीले कति प्रतिशत हकप्रद निष्काशन गर्ने भन्ने बिषय खुलाईएको छैन । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ वैशाख ७ गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares