आज माबिलुङ इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०४ साउन २०८२
Image description

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेका छ । कम्पनीले असार २२ गतेदेखि आजसम्म अर्थात साउन ४ गतेसम्म बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको छ ।

प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानीयले आवेदन दिन सक्नेछन् ।

दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपु्र शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रथम चरणको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।


प्रतिक्रियाहरू

SuniL Khanal

8 months ago

माविलुङ हाइड्रोपावरको स्थानीयवासीले अनलाइनबाट चाहिँ भर्न सिस्टम राखेको रहेनछ भर्न जाँदा पनि सबै जानुपर्ने अप्ठ्यारो सिस्टम रहेछ। अनलाइन सिस्टम राखेको भए राम्रै हुनेथ्यो। चैनपुर २ नम्बर

सम्बन्धित खबर