सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

अर्थकागज
प्रकाशित: ०१ फागुन २०८०
Image description

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा प्राधिकरणबाट माघ २५ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७९/८० को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमालेख योजनामा प्रति हजार न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, नबिन आजीवन बीमालेखमा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँसम्म पाइनेछ भने धनन्जय बार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार २५ देखि २७ रुपैयाँ सम्म बोनश पाउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर