बेस्ट फाइनान्सले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

अर्थकागज
प्रकाशित: २२ असोज २०८१
Image description

काठमाडौं । बेस्ट फाइनान्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको संचालक समिती बैठकले कार्तिक १४ गतेका लागि २७ औँँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

फाइनान्सको २७ औँ बार्षिक साधारणसभा कार्तिक १४ गते बुधबार बिहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान काठमांडौमा सुरु हुनेछ । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ । त्यस्तै सभाले मर्जरका लागि संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कार्तिक २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ त्यसैले कार्तिक १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर