खराब कर्जा बढ्दा नेपाल बैंकको नाफामा पहिरो, वितरणयोग्य मुनाफा ऋणात्मक
काठमाडौं । नेपाल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा बैंकले ५९ करोड रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २०.४० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि २२.७८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेको छ जसका कारण नाफामा प्रभाव परेको हो ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ ।
बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ ।
Shares