रिडी पावर कम्पनीको राईट सेयर भर्ने सुनौलो अवसर, आवेदन दिने अन्तिम दिन कहिले ?

अर्थकागज
प्रकाशित: ०२ चैत २०८०
Image description

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको राईट सेयर (हकप्रद सेयर) भर्नु भयो ? नभरेको भए आजै भर्नुहोला । बुल बजारमा हट केक बनेको रिडी पावर कम्पनीको सेयर सेयरधनीले एक सय रुपैयाँ मै भर्ने यो सुनौलो अवसर हो । हकप्रद सेयर नभर्ने सेयरधनीले भोलीको दिनमा पछुताउनु पर्ने सेयर विश्लेषकहरु बताउँछन् । बुल मार्केटमा यो कम्पनीको सेयर मुल्य प्रति कित्ता एक हजार भन्दा बढी मुल्य पुगेको थियो ।

हकप्रद सेयर सेयरधनीले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । रिडी पावरको हकप्रद फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको थियो भने अहिले कम्पनी। रिडी पावर कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न खोजेको हो ।

हाल १० कित्ता शेयर बराबर नयाँ पाँच कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन हुनेछ । रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। अहिले कम्पनीको चुक्ता पूँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ छ भने हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको सो पूँजी दुई अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८ सय रुपैयाँ कायम हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

Lucky

1 year ago

Good

सम्बन्धित खबर