नबिल आकर्षक रेमिट्यान्स सेवा, ‘क्यूआईबी लाइट’ एपमार्फत अब कतारबाट तुरुन्त नेपाल पैसा पठाउन सकिने

अर्थकागज
प्रकाशित: ३२ जेठ २०८२
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक रेमिट्यान्स खातासँगै अब भरपर्दो रेमिट्यान्स सेवा समेत प्रवाह गर्ने भएको छ । खासगरी बैंकले कतारको ‘कतार इस्लामिक बैंक (क्यूआईबी)’ सँगको सहकार्यमा सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रवाह गर्ने भएको हो ।हालैमात्र बैंकले कतारको क्यूआईबीसँग सहकार्य गरेकोमा उक्त बैंकको क्यूआईबी लाइट एपमार्फत नेपाल स्थिति नबिल बैंकको जुनकुनै शाखा कार्यालय तथा एजेन्टहरुमार्फत सहजै पैसा पाउन सकिने जनाएको छ ।कतारबाट पठाएको पैसा नबिल बैंक लगायत नेपालको जुनै पनि बैंक र वालेट खातामा सिधैं पठाउन सक्ने र झिक्न सकिने बैंकले जनाएको छ ।
‘नेपालको प्रमुख वैदेशिक रोजगारको गन्तब्य मध्येका कतार एक हो । लाखौं नेपालीहरु कतारमा रोजगारीको लागि गइरहेका छन् । यस्तोमा त्यहाँ नेपालीहरुले कमाएको पैसा कसरी सुरक्षित र भरपर्दो रुपमा नेपाल भित्र्याउन सकिन्छ ? भनेर बैंकले कतार स्थित कतार इस्लामिक बैंकसँग सहकार्य गरेको हो’ बैंकका विप्रेषण (रेमिट्यानस) विभाग प्रमुख मनिषा श्रेष्ठले भनिन् ।
उसो त बैंकले कतार इस्लामिक बैंक मात्र नभएर अन्य पाटर्नर एजेन्टहरु अलमाना एक्सचेञ्ज र एआई सदाद एक्सचेञ्जको काउन्ट वा मोबाइल एपमार्फत पनि नेपालमा सुरक्षित र भरपर्दो तरिकाले छिटो पैसा पठाउन सकिने सुविधा प्रदान गरिरहेको श्रेष्ठले जानकारी दिइन् ।कतारसँगै बैंकले जापान, दक्षिण कोरिया, भारत, अष्ट्रेलिया र युएईमासमेत आफ्नो एजेन्टमार्फत सहज रुपमा रेमिट्यान सुविधा प्रदान गरिरहेको छ । छिट्टै बैंकले अरु देशहरुमा समेत आफ्नो एजेन्ट राखी सहज र भरपर्दो रेमिट्यान्स सेवा प्रवाह गर्ने योजना बनाइरहेको रेमिट्यान्स विभाग प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
नबिल आकर्षक रेमिट्यान्स खाता
नबिल बैंकले रेमिट्यान्सको सहज सुविधासँगै ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ । जुनसुकै मुलुकमा नेपालीहरुले कमाएको पैसा जम्मा गर्ने र बढीभन्दा बढी फाइदा दिने उद्देश्यसहित बैंकले यस्तो खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले आफ्नो रेमिट्यान्स खातामा पैसा पठाउने र बचत गर्नेलाई अरु खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिने व्यवस्थाका अतिरिक्त अरु बढी सुविधाहरु प्रदान गरिरहेको छ ।
तीन लाखसम्मको स्वास्थ्य बीमा सुविधा
नबिल बैंकले सेवाग्राही अर्थात रेमिट्यान्स खातावाला श्रमिकका लागि तीन लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा प्रदान गरिरहेको छ । बैंकले प्राणघातक विभिन्न १३ वटा गम्भीर रोगका लागि र तीन लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निःशूल्क प्रदान गरेको छ ।
क्यान्सर, हृदय घात, मृगौलाको समस्या, पक्षघात, मुटुको भल्बको सर्जरी, निमोनिया लगायत अन्य यस्तै गम्भीर प्रकृतिका रोगहरुको उपचारका लागि ग्राहकले बीमा सुविधा पाउनेछन् । यदि हितग्राहीको मृत्यु भएमा भने निजको परिवारले स्वतः ७५ हजार रुपैयाँ बीमा बापतको भूक्तानी पाउनेछ । तथापि, यसका लागि सेवाग्राहीको रेमिट्यान्स खातामा कम्तीमा एक लाख रुपियाँ अनिवार्य बचत हुनुपर्छ ।
यसका अतिरिक्त बैंकले रेमिट्यान्स खातामा खातावालालाई अन्य अतिरिक्त सुविधाहरु पनि प्रदान गरेको छ । जस्तो, निःशुल्क डेबीट÷क्रेडिट कार्ड, निःशुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ सुविधा बैंकले प्रदान गरेको छ । तर, यस्तो सुविधा पहिलो एक वर्षका लागि निःशूल्क हुनेछ ।साथै बैंकले स्वीफ्ट ट्रान्सफर र डिमाण्ड ड्राफ्ट सेवा सुविधा बापत लाग्ने शूल्कमा ५० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ । सेवाग्राहीले बैंकमा ५० प्रतिशत छुटमा लक्कर सुविधा समेत उपभोग गर्न पाउनेछन् ।
साथै नेपाल धितोपत्र बोर्ड, पुँजीबजार ऐनले व्यवस्था गरेको सुविधा अन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले नबिल बैंकको खाता प्रयोग गरी कूल निष्काशनको १० प्रतिशत अनिवार्य आईपीओ कोटामा समेत सहभागिता जनाउन सक्नेछन् । यसका लागि सेवाग्राहीले नियम अनुसार न्यूनतम ५० हजार रुपियाँ रेमिट्यान्स गरेको हुनुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर