सानिमा जिआईसी इन्स्योरेन्सले संचालकको बैठक भत्ता ६६.६६ प्रतिशतले बढाउँदै

अर्थकागज
प्रकाशित: १९ चैत २०८१
Image description

काठमाडौं । शेयरधनीलाई ७.५ प्रतिशत लाभांश दिएको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संचालक समितिको बैठक भत्ता भने ६६.६६ प्रतिशत बढाउने तयारी गरेको छ । संचालक समितिको बैठक भत्ता बढाउने बिशेष प्रस्ताव बनाएर तीन महले कम्पनीले सातौं बार्षिक साधारणसभामा प्रस्तुत गर्दैछ । तीन महले अनुसार  संचालक समितिले हालको बैठक भत्तामा संचालक समितिको अध्यक्षको ५० प्रतिशत र अन्य संचालक समितिको ६६.६६ प्रतिशत बैठक भत्ता बृद्धिको प्रस्ताव रहेको हो ।  संचालकले बैठकमा उपस्थि भए बापत पाउने बैठक भत्ता अध्यक्षले प्रति बैठक भत्ता हाल ८ हजारबाट बढाएर १२ हजार रुपैयाँ र अन्य संचालकहरुले प्रति बैठक हाल ६ हजारबाट १० हजार पुर्याउने भएको छ । कम्पनीले समय अनुसार बृद्धि गर्नु परेको बताएको छ । कम्पनीको सातौं बार्षिक साधारणसभा चैत २१ गते विहान ११ बजे अमृतभोग, कालिकास्थान, काठमाडौंमा हुँदैछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर