पाल्पा लायन्स लाकौल आँखा अस्पतालद्धारा ९९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालको आयोजनामा पाल्पाको तिनाउ गाँउपालिकामा २ दिने निःशुल्क आखाँ शिबिर सम्पन्न भएको छ ।
पाल्पा लायन्स लाकौल आँखा अस्पताल तथा तिनाउ गाउँपालिकाको संयुक्त आयोजनामा पुस २१ र २२ गते संचालित उक्त शिबिरमा मोतियाबिन्दु देखिएका ९९ जना बिरामीहरुको निशुल्क शल्यक्रिया समेत गरिएको छ ।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख सन्तोष दर्जीका अनुसार तिनाउ गाँउपालिकामा १ हजार ६ सय ४१ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो भने मोतियाबिन्दु देखिएको बिरामीहरुलाई डाक फाउन्डेशनको आर्थिक सहयोगमा निशुल्क शल्यक्रिया गरिएको हो ।
वि।स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बिरामीको आँखा जाँच हुने गर्दछ ।
स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
Shares