शिवम् सिमेन्टले गर्यो घोषणा,नगद र बोनस सेयर कति ?
प्रकाशित:
०२ पुस २०८०
काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज अर्थात पुष ३ गते बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसैबीच लाभांश पारित गर्न पुस २७ गते आठौं वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares