सोल्टी होटेलको ३१.५७८९४७३७ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान
प्रकाशित:
०३ मंसिर २०८०
काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले लभांश घोषणसँगै प्रस्तावित लाभांश पारित गर्न साधारण सभा समेत बोलाएको छ । होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८० को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares