आजसम्म कायम सेयरधनीहरुले मात्र हाथवे इन्भेष्टमेन्टको लाभांश पाउने


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ कार्तिक ७ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको १६ औँ वार्षिक साधारण सभा कार्तिक ४ गते कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा हुने छ । सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले लाभांश सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares