मर्जरको प्रस्तावसहित मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा
प्रकाशित:
२३ साउन २०८१
काठमाडौं । मानुषी लघुवित्त संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २२ गते बसेको संचालक समिती बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
संस्थाको विशेष साधारणसभा आगामी भाद्र ७ गते शुक्रबार होटल प्यालिसेड रिसोर्ट पलाँसे भक्तपुरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभाले मर्जरको प्रस्ताव र मर्जर तथा डिमर्जर सम्बन्धी सम्म्पुर्ण कार्य गर्न संचालक समितीलाइं अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
संस्थाले विशेष साधारणसभा प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
यसअघि मानुषी लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाबिचको मर्जर प्रक्रिया सम्झौता भईसकेपछि पनि भाडिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares