सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: २४ भदौ २०८१
Image description

काठमाडौं । सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ २५ गते अन्तिम दिन रहेको छ । सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी तीन फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २५ गतेसम्म कायम इकाईधनीले मात्र यी फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सानिमा इक्विटी फण्डका ईकाइधनीहरुका लागि १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर