सबैको र साधना लघुवित्तबीच मर्ज, असार ३०गतेदेखि 'सम्पदा लघुवित्त'को नामबाट एकिकृत कारोबार हुने

अर्थकागज
प्रकाशित: २३ असार २०८१
Image description

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर २०८१ असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

यी दुई संस्थाको २०८० फागुन १९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले २०८१ असार १३ मजरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुवै कम्पनी १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ । मर्जरपछि बन्ने कम्पनीकोको केन्द्रिय कार्यालय तनहूँको डुम्रेमा रहने छ ।

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै संस्थाले प्रदान गर्ने सम्पूर्ण बैंकिंङ कारोबार बन्द रहने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर