सूर्यज्योति लाइफ एनसिएचएलमा आबद्ध

अर्थकागज
प्रकाशित: ०८ वैशाख २०८२
Image description

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स भुक्तानी प्रणाली नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)मा आबद्ध भएको छ । इन्स्योरेन्सले एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानीको व्यवस्था लागू गर्न यी दुई संस्थाबिच सम्झौतासमेत भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम खत्री र एनसिएचएलका सिइओ निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी विभिन्न भुक्तानी उपकरण प्रयोग गरिनेछ । जसअन्तर्गत ग्राहकले इन्स्योरेन्सले एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीमार्फत विभिन्न कारोबार गर्न सक्नेछन् । प्रिमियम भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष भुक्तानीलगायतका कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खातामा सोझै गर्न सक्नेछन् ।

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसका रूपमा ओपन एपिआईको अवधारणामा विकास गरिएको एनपिआईमा हाल ५३ बैंक वित्तीय संस्था आबद्ध छन् । त्यस्तै, अन्य पिएसपी, पिएसओ, रेमिट्यान्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका एक सय १० भन्दा बढी गैरबैंकिङ संस्थासमेत आबद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर