सेयर बजारमा ७९.८२ अङ्कको वृद्धि, कारोबार १६ अर्ब ५९ करोड

अर्थकागज
प्रकाशित: ०१ साउन २०८२
Image description

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अङ्कले बढेर २८७३.३८ को विन्दुमा पुगेको हो । आज बजारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँको कारोबार भएको छ।


यसअघि भने २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । गत वर्षको साउन ३१ मा सेयर बजारमा कुल २९ अर्ब ३० करोडको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको थियो ।

आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ८४ करोड ८२ लाखको कारोबार भएको छ भने बुटवल पावरको ६० करोड ६८ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये ट्रेड टावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने शुभम पावर लिमिटेड र थ्री स्टार हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ। त्यस्तै इस्टर्न हाइड्रोको शेयर मूल्य ९.९० प्रतिशत तथा बाराही हाइड्रोको सेयर मूल्य ९ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये सर्वाधिक गुमाउनेमा म्युचुअल फण्डका इकाईहरु रहेका छन् । जस मध्ये एनआईबिएल स्टेबल फण्ड सर्वाधिक ७।५८ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये अन्य समूह सर्वाधिक ५.०९ प्रतिशत बढेको छ भने इन्भेष्टमेन्ट समूह ३.१७ प्रतिशत तथा जीवा बीमा समूह ३.१४ प्रतिशत बढेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर