पर्सा नापीका सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८२
Image description

काठमाडौँ । नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ताका लागि एक लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सोहि बराबरको रकम बिगो माग गर्दै कानुन अनुसार सजाय हुनुपर्ने भन्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ 

प्रतिक्रियाहरू

सम्बन्धित खबर