सेयरधनीको हात खाली बनाएको रिलायन्स फाइनान्समा सिईओ र संचालकको तलव/भत्तामा लुटतन्त्र !

अर्थकागज
प्रकाशित: १७ भदौ २०८१
Image description

काठमाडौं । सेयरधनीलाई लाभांश दिन असफल रिलायन्स फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत र संचालकहरु खुलेरै तलव भत्ता खाएका छन् । आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन अनुसार सिईओले भन्दा पनि संचालकहरुले भत्ताको नाममा लुटतन्त्र मच्चाएको देखिन्छ । संचालक समितिको अध्यक्षले प्रति बैठक ७ हजार ५ सय र अन्य संचालक सदस्यहरुले प्रति बैठक ७ हजार रुपैयाँ लिएका छन् । साथै, अध्यक्ष र सवै संचालक सदस्यहरुले हरेक महिना पत्रिपत्रिका बापत १५ सय रुपैयाँ लिएको छन् । यस आर्थिक वर्षमा के कति बैठक बसे ? त्यो भने सेयरधनीले प्रष्ट देखिन गरेर राखेको छैनन् । अन्य संस्थाको बार्षिक प्रतिवेदनमा प्रष्ट सँग राखिएको हुन्छ । यस फाइनान्सको संचालक समितिको अध्यक्षमा कुश प्रसाद मल्ली रहेका छन् । त्यसै गरी सदस्यहरुमा बिष्णुमान जोशी, तलसी प्रसाद बराल, श्वेता कक्षपती (शाक्य) र ईश्वरी प्रसाद न्यौपाने रहेका छन् ।

यस वित्तीय संस्थाको विगत तथा वर्तमान आवको कारोबार तथा वित्तीय स्थिति निम्न तालकाले स्पष्ट गर्दछ ।

फाइनान्सले सिईओलाई तलव भत्ता तथा अन्य सुविधा सहित ३८ लाख ४८ हजार ५८२ रुपैयाँ दिएको छ । फाइनान्सको सिईओमा समाज प्रकाश श्रेष्ठ रहेका छन् । त्यसै गरी फाइनान्सले अन्य पदाधिकारीहरुलाई तलव भत्ता तथा अन्य सुविधा सहित १ करोड १७ लाख १७ हजार १६७ रुपैयाँ खर्च गरेको छ ।

यस आर्थिक वर्षको आषाढ मसान्तसम्म कुल नाफा १८ करोड २६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको फाइनान्सले कर्मचारी खर्च र कार्यालय खर्च गरी कुल वयवस्थापन खर्च १९ करोड ७२ लाख ८८ हजार ७२४ रुपैयाँ खर्च गरेको छ ।

विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण



प्रतिक्रियाहरू

सम्बन्धित खबर