नेप्सेमा अरुण भ्यालीको सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनिले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज कार्तिक ५ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
कम्पनीको ३ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २ सय ७१ रुपैयाँ ८४ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा आईतबारको अन्तिमा कारोबार मूल्य २ सय ८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
कम्पनीले ३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १४ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
Shares