सुन तोलामा ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

अर्थकागज
प्रकाशित: ०९ फागुन २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३७५ रुपैयाँले बढेर तोलाको ५४२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर