प्रतिकित्ता १११ रुपैयाँमा साढे ८ लाख कित्ता शेयर बेच्दै एनआईएमबी बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन दिँदा कम्तीमा १ लाख २५ हजार र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। इच्छुक संस्थापक शेयरधनीले आफुले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर फागुन ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेडको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ।
प्रतिक्रियाहरू
Hom bahadur thapa magar
1 year ago
Kati puxa par share
लक्ष्मण पाण्डे
1 year ago
बिदेश छु मिल्छ त ?
Amar Shrestha
1 year ago
१११ मा १५०० कित्ताको लागि
Gobinda shahi
1 year ago
100 Kitta kinna mildain r sir
Gobinda Shahi
1 year ago
sir/madm 100kitta kinna mildai r
Prem
1 year ago
In the initial phase only the existing promoters are eligible to participate in the bidding. The unsold will then goes for the general public.
Lok Raj Joshi
1 year ago
I'm interested,but I'm out of country
Shares