रावा इनर्जि डेभलपमेन्टमा अध्यक्ष बद्रीप्रसाद गौतमको करोडौं आर्थिक अपचलन !

अर्थकागज
प्रकाशित: १४ पुस २०८१
Image description

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडमा संचालक समितिका अध्यक्ष बद्रीप्रसाद गौतमले करोडौं रकम आर्थिक अपचलन गरेको खुल्न आएको छ । अध्यक्ष गौतमले  बार्षिक साधारणसभाबाट स्वीकृति नलिई आफुखुसी छोटो अवधिको लोन भन्दै कम्पनीको नियमावली विपरीत करोडौं रुपैयाँ प्रयोग गर्दै आईरहेका हुन् । कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमले साधारणसभाबाट स्वीकृत नलिई १ करोड १८ लाख ४१ हजार ५०२ रुपैयाँ चलाएका छन् ।

अध्यक्ष गौतमले कम्पनीको नियमावली विपरित छोटा अवधिको लोन भनेर कम्पनीको पैसा चलाएका हुन् । त्यसै गरी सेयरधनीहरु राजेन्द्र प्रसाद गौतम, मिरा गौतम र राजेन्द्र कुमार बिसीले पनि कम्पनीको नियमावली विपरित लाखौं रकम छोटो अवधिको लाने भनेर प्रयोग गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । कम्पनीको पैसा आफूखुसी पैसा प्रयोग गर्नु कम्पनीको नियमावली विपरित भएको लगानीकर्ता एवम् विश्लेषक डम्बरु बल्लभ घिमिरेले बताए । सेयरधनीलाई लाभांश नदिने, कम्पनीको आम्दानी चाही संचालकहरुले गोजीमा हाल्नु भनेको गैरकानुन भएको भन्दै साधारणसभामा सवै सेयरधनीहरुले खुलेर विरोध गर्न लगानीकर्ता घिमिरेले आग्रह गरेका छन् । कम्पनीका एक कर्मचारीको अनुसार कम्पनीको संचालकहरुले व्यक्तिगत खर्च समेत कम्पनीको नाममा बिल पेश गर्ने गरेका छन् । व्यक्तिगत पारिवारीक भ्रमणलाई, कम्पनीको भ्रमणको नाममा बिल पेश गर्ने, पारिवारीक जमघटको भेटघाटको पार्टीको बिल कम्पनीको मिटिङको नाममा बिल पेश गर्ने गरेको छन् ।

कम्पनीले वेभसाइट समेत लुकाएको छ । बार्षिक प्रतिवेदनमा भने वेभसाइटको खर्च देखाएको छ । कम्पनीहरु पछिल्लो समय सर्व साधारण सेयर जारी गरी तीन वर्षपछि लकइन समय सकेपछि संस्थापक सेयरधनीहरु सेयर बेचर हिड्ने प्रचलन बढ्दै गएको बेला रावा इनर्जि डेभलपमेन्टको यो कर्तुतको विद्युत नियमन आयोगले बेलैमा कारबाही गरी सेयरधनीको लगानी रक्षा गर्नु पर्ने देखिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर