कति छ आज डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८।३१ रुपैयाँ र बिक्रीदर १३८।९१ रुपैयाँ कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ। युरोपियन युरो एकको खरिददर १४३।७६ रुपैयाँ र बिक्रीदर १४४।३८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१।९३ रुपैयाँ र बिक्रीदर १७२।६८ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२।२१ रुपैयाँ र बिक्रीदर १५२।८७ रुपैयाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८६।१३ रुपैयाँ र बिक्रीदर ८६।५० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६।०० रुपैयाँ र बिक्रीदर ९६।४२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२।३४ रुपैयाँ र बिक्रीदर १०२।७९ रुपैयाँ निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ८।९५ रुपैयाँ र बिक्रीदर ८।९९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९।०७ रुपैयाँ र बिक्रीदर १९।१६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६।८७ रुपैयाँ र बिक्रीदर ३७।०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७।९४ रुपैयाँ र बिक्रीदर ३८।१० रुपैयाँ कायम भएको छ। केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४।१० रुपैयाँ र बिक्रीदर ४।१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७।६६ रुपैयाँ र बिक्रीदर ३७।८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१।४८ रुपैयाँ र बिक्रीदर ३१।६२ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९।५९ रुपैयाँ र बिक्रीदर ९।६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२।५४ रुपैयाँ र बिक्रीदर १२।६० रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९।२७ रुपैयाँ र बिक्रीदर १९।३५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७।७५ रुपैयाँ र बिक्रीदर १७।८३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४८।३७ रुपैयाँ र बिक्रीदर ४५०।३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६।८९ रुपैयाँ र बिक्रीदर ३६८।४९ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५९।२५ रुपैयाँ र बिक्रीदर ३६०।८१ रुपैयाँ तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
Shares