मर्जर प्रस्ताव सहित धौलागिरी लघुवित्तले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: १३ माघ २०८१
Image description

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो फागुन १० गते शनिबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्ष (आव)को वित्तीय विवरणहरू पारितका लागि पेश गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ। त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। साधारणसभा प्रयोजनका लागि कम्पनीले यही माघ २१ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर