यि हुन आईएमई लाइफ इन्स्योरेन्सको १८ ठूला सेयरधनी, कसको कति सेयर स्वामित्व ?

अर्थकागज
प्रकाशित: २७ जेठ २०८१
Image description

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा १८ वटा मध्ये व्यक्ति र कम्पनी रहेका छन् । जसमा सवै भन्दा धेरै नेपालका चर्चित एवम् सफल व्यवसायी चन्द्र प्रसाद ढकालको र हेम राज ढकालको बराबर ११.३१ प्रतिशत अर्थात ४५ लाख २५ हजार कित्ता सेयर रहेको छ । त्यसै गरी ग्लोबल आईएमई बैंकको १०.०० प्रतिशत अर्थात ४० लाख कित्ता, आईएमई लिमिटेडको ३ प्रतिशत अर्थात १२ लाख कित्ता, मीन बहादुर गुरुङको २.३३ प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता, नवराज नेपालको १.७५ प्रतिशत अर्थात ७ लाख कित्ता, एशियन डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेडको १.७५ प्रतिशत अर्थात ७ लाख कित्ता, विष्णु कुमार अग्रवालको १.५० प्रतिशत अर्थात ६ लाख कित्ता र  ह्याथवे इन्भेष्टमेन्ट नेपालको १.२४ प्रतिशत अर्थात ४ लाख ९६ हजार ४४० कित्ता रहेको छ ।

वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको व्यक्ति वा कम्पनीहरु

प्रतिक्रियाहरू

सम्बन्धित खबर