नेपाल एसबिआई बैंकको साधारण सभा आज, लाभांश पारित हुँदै

अर्थकागज
प्रकाशित: १२ पुस २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको तीसौं वार्षिक साधारणसभा आज अर्थात पुष १३ गते हुँदैछ ।

कम्पनीले बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारणसभा बोलाएको हो ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले घोषणा गरेको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत (कर प्रयोजन सहित) लाभांश पारित गर्नेछ ।

त्यसै गरी सभाबाट संचालक समितिको प्रतिवेदन उपर छलफल लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर