राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: ३१ असार २०८२
Image description

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद सेयर  ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद सेयर  निष्काशनको प्रस्ताव पारित गरेको थियो।

सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको अनुपातमा १:०.६९८९ को दरले हकप्रद सेयर  निष्काशन गर्न लागेको हो। सोअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर  निष्काशन गर्नेछ।

हकप्रद सेयर  निष्काशन प्रक्रिया व्यवस्थापन गर्न राधी विद्युत कम्पनी लिमिटेडले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। उक्त सम्झौतामार्फत मुक्तिनाथ क्यापिटल हकप्रद सेयर  निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहनेछ।

प्रतिक्रियाहरू

Yam Tamang

9 months ago

Nice

सम्बन्धित खबर