राधी विद्युत कम्पनीको विशेष साधारणसभा स्थगित

प्रकाशित:
०३ चैत २०८१

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा स्थगित भएको छ । साधारणसभाको लागि चाहिने गणपुरक संख्या नपुगेकाले विशेष साधारणसभा स्थगित भएको हो । कम्पनीले आज विहान बेलकम पार्टी प्यालेस चापागाउँ ललितपुरमा विशेष साधारणसभा बोलाएको थियो ।
विशेष साधारणसभाले कम्पनीको हकप्रद सेयर निष्काशन पश्चात कायम हुने चुक्ता पुँजी बराबर हुने गरी जारी पुँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोयन गर्ने र नियमक निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएको सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, दुई जना संचालको नियुक्त गर्ने र स्वतन्त्र संचालकको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares