एनएमबि लघुवित्त ७ करोड घाटामा

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८१
Image description

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्त नोक्सानीमा देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ३२.४५ प्रतिशतले घटेको छ त्यस्तै लघुवित्तको सञ्चालन आम्दानी ३१.११ प्रतिशत घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ८.९७ प्रतिशतबाट घटेर ८.२९ प्रतिशतमा झरेको छ ।

त्यस्तै चैत्र मसान्तसम्मा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर