ज्योति विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
प्रकाशित:
२८ माघ २०८०
ज्योति विकास बैंक लिमिटेडले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यसै गरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ देखि ६.५० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७.२५ देखि ८.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ११.१३ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares