अपि पावरले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

अर्थकागज
प्रकाशित: १० पुस २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडले निर्माण गरिरहेको जलविद्युत आयोजनामा ७३ करोड लगानी गर्ने भएको छ । दार्चुला पावर कम्पनीले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही मध्य चमेलिया जलविद्युत आयोजना निर्माणको लागि आवश्यक स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशत आर्थात ७३ करोड रुपैयाँ अपि पावर कम्पनीले लागनी गर्ने भएको हो । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बसेको बैठकले दार्चुला पावरमा उक्त रकम लगानी गर्ने निर्णय समेत गरिसकेको छ । यसअघि, अपि पावर कम्पनीको २१ औं वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानीको प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गरेका थियो ।

दार्चुला पावर कम्पनी निर्माण गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनीद्धावारा निर्मित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना भन्दा करिव ५ सय मिटर तल रहेको छ । कम्पनीले यस आयोजनाको लागि संस्थापक सेयर धमाधम बिक्री भैइरहेको छ ।  प्रमोटर सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले थापाथली ट्रेड टावरको ४ तल्लमा गई कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर