विश्व दृष्टि दिवसका अवसरमा किर्तिपुर आँखा अस्पतालद्धारा त्रिविका २२४ जनाको निःशुल्क आँखा परिक्षण
नेपाल नेत्रज्योति संघ त्रिवि किर्तिपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा त्रिभुवन विश्व विद्यालयमा कार्यरत सम्पुर्ण प्रध्यापक तथा कर्मचारीहरुको निःशुल्क आँखा परिक्षण गरेको छ । विहिबार परेको विश्व दृष्टि दिवसका अवसरमा अस्पतालले निशुल्क आँखा परिक्षण गरेको हो ।
यो बर्ष विश्वभरी नै कार्यस्थलमा आँखालाई माया गरौ भन्ने मुल नारा सहित विश्व दृष्टि दिवस मनाइएकाले अस्पतालले पनि त्रिबिमा कार्यरत कर्मचारीहरुको निशुल्क आँखा परिक्षण गरेको बताउछन् अस्पताल व्यबस्थापन समिती सदस्य हुकुम पोख्रेल ।
शिविर मार्फत त्रिबिमा कार्यरत २२४ जना कर्मचारीहरुको आँखा परिक्षण गरीएको थियो भने ११५ जनालाई निःशुल्क रुपमा चस्मा समेत बितरण गरिएको छ । कार्य व्यस्थताका कारण अस्पतालमा गई उपचार गर्न नभ्याएका कर्मचारीहरुलाई लक्षीत गरी उक्त शिविर आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै अस्पताल व्यबस्थापन समितीकी संयोजक प्रा.डा सबिना श्रेष्ठले अहिले विश्वका करिब १४ करोड ३० लाख काम गर्ने उमेर समुका मानिस आँखा सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको भन्दै सबैले आँखा स्वास्थ्य प्रति गम्भिर हुनुपर्ने बताईन् ।
उक्त आँखा जाँच कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा पेशल दाहाल, त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराई, नेत्रज्योति संघकी निमित्त कार्यकारी प्रमुख सबिता केसी, अस्पतालका मेडिकल डाइरेक्टर डा.एरिक बैद्य लगाएतको उपस्थिती थियो भने कार्यक्रमको संचालन नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रञ्जन शाहले गरेका थिए ।
Shares