रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २१ माघ २०८०
Image description

काठमाडौं । रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज आईतबार अन्तिम दिन रहेको छ । रिडी पावरले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात माघ २२ गते बुकक्लोज गर्नेछ ।

तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले पुस १९ गते रिडी पावर कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो ।

बोर्डले रिडी पावरलाई १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर हकप्रदको रुपमा निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रियाहरू

mahesh kulung

1 year ago

Share ka kasale applay garna paune ho sir?

Mahesh kulung

1 year ago

क-कस्ले applay गर्न पाउने हाे?

Tejmani Panth

1 year ago

प्रमाण पत्र भएको सेयर धनी ले पौदैन त ?

सम्बन्धित खबर