महुली लघुवित्तको १६ हजार कित्ता शेयर बिक्रीमा
प्रकाशित:
२८ पुस २०८१
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरमध्ये ८ हजार कित्ता विजली प्रसाद चौधरीको र अर्काे ८ हजार २०० कित्ता शेयर मुन्नी राजभण्डारीको स्वामित्वमा रहेको छ। यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउछन् । शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन महुली सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares