नेफ्स्कून पत्रकारिता पुरस्कार शोभित थपलियालाई

अर्थकागज
प्रकाशित: ३१ साउन २०८०
Image description

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष क्लिकमाण्डू डटकमका वरिष्ठ संवाददाता शोभित थपलियालाई प्रदान गर्ने घोषणा गरेको छ।

नेफ्स्कुनको ३६औं स्थापना दिवसको अवसरमा आज आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो । स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कूनले जनाएको छ।

विगत एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा थपलियाले कलम चलाउँदै आएका छन् । साथै सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा पुर्याएको योगदानको कदर गर्दै नेफ्स्कूनले पुरस्कार दिने घोषणा गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर