मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १३ पुस २०८१
Image description

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस १४) अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १६ गते मंगलबार बुक क्लोज गर्दैछ । भोलि (सोमबार) तमु ल्होसारको सार्वजनिक बिदा भएकाले शेयर बजार खुल्दैन । त्यसैले आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ । बैंकको १९औं साधारणसभा पुस २७ गते बस्दै छ । सभा, सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।  साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गर्नेछ ।

त्यस्तै अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर