११-२-२०८१, शुक्रबार

भोलि सार्वजनिक बिदा

अर्थकागज
प्रकाशित: २०८०-१२-२८
Image description

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्र (इद) को अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

‘मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहको सूचनामा भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर