आज स्ट्याण्डर्ड चार्टर्ड बैंक र सुपर मादी हाइड्रोपावर लाभांश सुरक्षित गर्ने अन्तिम मौका, साधारणसभा कहिले ?

अर्थकागज
प्रकाशित: १५ मंसिर २०८२
Image description

काठमाडौं । आज आज स्ट्याण्डर्ड चार्टर्ड बैंक र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यी दुवै कम्पनीले साधारणसभाको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज आज मङ्सिर १५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मङ्सिर २९ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ४ गते साधारणसभा बोलाएको छ ।

यि दुवै कम्पनीको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर