पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: १५ फागुन २०८१
Image description

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा निष्कासन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानीको उपस्थित रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमानियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर