पञ्चकन्या माई हाइड्रोपावरको नाफा बढ्यो, बिद्युत बिक्रि आम्दानी २४ करोड


काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
पुस मसान्त सम्ममा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने १.३० प्रतिशतले घटेर २४ करोड ४१ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च तथा प्रशासनिक खर्च समेत घटेको छ। बित्तिय खर्च खट्दा कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर ९ रुपैयाँ ८८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.०३ रुपैयाँ रहेको छ ।
Shares