हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न
प्रकाशित:
३१ असार २०८२
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावारमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार आईपीओमा कुल २० लाख ४४ हजार ४ सय ५६ जनाबाट २ करोड ४० लाख कित्ता बढीको लागि आवेदन परेको थियो । जस मध्ये १८ लाख ९५ हजार ३ सय ७६ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको छ। जसमा ७७ हजार ३ सय ९७ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares