हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने
प्रकाशित:
२१ पुस २०८१
काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाडौंको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि बोलाएको छ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares