एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड बुधबार हुने
प्रकाशित:
२२ माघ २०८०
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको इकाई बाँडफाँड भोली अर्थात बुधबार गरिने भएको छ ।
उक्त योजनाको १ अर्ब रकम बराबरको १०करोड इकाईहरु प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरमा माघ २ गतेदेखि माघ १६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको बुधबार बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares