नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

अर्थकागज
प्रकाशित: ०५ पुस २०८२
Image description

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी स्वस्तिक लघुवित्तको १३ करोड ५ लाखको कारोबार भएको छ भने बाराही हाइड्रोको ११ करोड ९० लाखको कारोबार भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर