हिमालयन बैंकको एफपीओ पर्ने संभावना न्यून, ४.४२ गुणा बढीको आवेदन

अर्थकागज
प्रकाशित: ०४ साउन २०८२
Image description

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन गरेको एफपीओ (थप सार्वजनिक निष्कासन) मा आवेदन दिने अन्तिम दिन आज (साउन ४ गते) सम्म ४.४२ गुणा बढी आवेदन परेको छ ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता शेयरका लागि आवेदन परेको छ, जसमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका छन्। आवेदनको संख्या अझै बढ्नेछ । 

बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०:३० कायम गर्न एफपीओ निष्कासन गरेको हो। हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। एफपीओ निष्कासनसँगै सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुग्नेछ ।

बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो। यसमा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर