रिलायबल नेपाल लाइफका ग्राहकहरूले अन्नपुर्ण केबलकारमा विशेष छुट पाउने सम्झौता
प्रकाशित:
१६ पुस २०८१
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् । कम्पनी र अन्नपुर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
सम्झौतामा रिरलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र अन्नपुर्ण केबल कारका सञ्चालक चन्द्रबहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।कम्पनी जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने ७० लाख भन्दा बडी बीमितहरु रहेको कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares