माई खोला हाइड्रोपावरले लाभांश वितरण नगर्ने

अर्थकागज
प्रकाशित: ०८ कात्तिक २०८१
Image description

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ८ गते बसेको संचालक समिती बैठकले चौथो साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको चौथो बार्षिक साधारणसभा मंशिर १४ गते शुक्रबार बिहान ११ बजेदेखि स्मार्ट दरबार शंखमुल, काठमांडौमा सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ कार्तिक २९ गते बुकक्लोज गर्नेछ त्यसैले कार्तिक २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर