सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

अर्थकागज
प्रकाशित: १४ माघ २०८०
Image description

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का संचालक समितिमा निर्विरोध निर्वाचित भएका थिए । माघ १२ गते बसेको निर्वाचित सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

संचालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरिएको रतन लाल केडियालाई नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समक्ष पद तथा गोपनियताको शपथ गराउनुको साथै अध्यक्षको पदभार ग्रहण गराएका छन् । सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गर्नुको साथै सञ्चालकको पदभार ग्रहण गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर